बारा, १७ वैशाख । बारा र पर्सामा भएको छुट्टछुट्टै सवारी दुर्घटनामा एक भारतीय नागरिक सहित तीन जनाको मृत्यु भएको छ।
गएराती बाराको सुवर्णपुर गाँउपालिकास्थित सनफुल्वामा जन्ती बोकेको जीप पल्टीदा भारतीय नागरिक लक्ष्मीपुर थानाका २२ वर्षिय अखलेस बैठाको मृत्यु भएको छ। विवाहको जन्ती बोकेर फर्किदै गरेको बी आर ०५ पी ०३०९ नम्बरको जीप पल्टिदा अखलेसको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटनामा चालक फरार भएका छन् भने जीप प्रहरीको नियन्त्रणमा रहेको मध्यक्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।
त्यस्तै पर्साको पोखरियमा ईट्टा लोड गरि सडकमा रोकिराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्दिा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन्। राती १ बजेको समयमा ४ जना सवार अनटेस्ट मोटरसाईकल ना. ४ त ९६०७ नम्बरको ट्याक्टरमा ठोक्एिको थियो। मृतकको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

अन्दाजी १९÷२० वर्षिय मृतक युवाको शव नारायणी उपक्षेत्रिय अस्पतालको शव गृहमा राखिएको छ। मृतकको घाईते हुनेमा पर्सा जिराभवानी गाँउपालिकाका २० वर्षिय रामबाबु मुखियाबीन र सोही ठाँउका १८ वर्षिय धनलाल मुखियाबीन रहेका छन्। उनीहरुको बीरगञ्जस्थित नेशनल मेडिकल कलेज र एडभान्स अस्पतालमा उपचार भईरहेको छ।
प्रतिक्रिया दिनुहोस्