धनकुटा, १७ वैशाख । जिल्लाको साँगुरीगढी गाउँपालिका–३ कुसेटारबाट आइतबार अपरान्ह एक बालक तमोर नदीमा बगेर बेपत्ता भएका छन। धनकुटा चौबिकै गाउँपालिका वडा न ६ घर भएका १४ बर्षीय रामकुमार राईलाई पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ।
साथीहरुसँग नदीमा पौडी खेल्न गएका बेला अपरान्ह साँढे चार बजे राईलाई तमोर नदीले बगाएको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार घटनाको जानकारी पाएपछि खोजीकार्य तिव्र पारिएपनि हालसम्म फेला पार्न सकिएको छैन। उक्त स्थान मुलघाट प्रहरी चौकीबाट करिव ८ किलोमिटर उत्तरपूर्वमा पर्छ।
प्रतिक्रिया दिनुहोस्