ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरे! अण्डामा पनि कालोबजार ?


admin
१७ बैशाख २०७५, सोमबार   २ : ५९   बजे

चितवन, १७ वैशाख । भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ ।

यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गथ्र्यो । भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो अण्डा अवैधरुपमा भित्र्याउन सहज हुँदै आएको छ ।

नेपाल अण्डा उत्पादन संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अण्डा लुकाएर नेपाल पठाउने गरिएको हो । यसका साथै चल्लाका लागि ह्याचरीमा राखेर चल्ला कोरल्न असफल भएका अण्डा पनि अवैधरुपमा नेपाल पठाउने गरिएको छ ।

नेपालमा अण्डा उत्पादनका लागि लोम्यान र हाइल्यान जातका कुखुरा प्रख्यात छन् । यससँगै हाई सेक्स र इसव्रान पनि थोरै संख्यामा नेपालमा पालिँदै आएको छ । तिनले रातो रंगको अण्डा पार्ने गर्छन् । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईका अनुसार भारतमा सेतो अण्डा पार्ने लोम्यान र डाडकक जातका कुखुरा पालिँदै आएको छ । पछिल्लो समय रातो अण्डा पार्न किङ स्टङ पालिँदै आएको व्यवसायीले बताएका छन् ।

भारतमा नेपालमा भन्दा २० प्रतिशत कम लागतमा अण्डा उत्पादन हुने उहाँले बताउनुभयो । भारतमा ठूला फार्म छन् । एउटै फार्ममा ८÷१० लाखको संख्यामा कुखुरा पालिने, दाना उत्पादन लागत कम हुने, सरकारी अनुदान हुने, बैंक ब्याज कम हुनेलगायतका कारण लागत मूल्य कम हुने गरेको बताइन्छ । पोल्टी व्यावसायी भट्टराईले भारतीय अण्डा नेपाल छिर्नु यहाँका व्यवसायीका लागि चुनौती भएको बताउनुभयो । सीमा क्षेत्रमा क्वारेन्टाइनमा कडाइ नगरिएमा ठूलो लगानी भएको आत्मनिर्भर यो व्यवसाय प्रभावित हुने उहाँले बताउनुभयो ।

भारतीय सीमा क्षेत्र वीरगञ्ज, ठूटीबारी, जनकपुर, सिराहा, धनगढी, बहादुरगञ्ज, महेन्द्रनगर, त्रिवेणीलगायतका ठाउँबाट धेरै अण्डा भित्रिने संघका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । भारतमा उत्पादन हुने रातो अण्डाको आकार सानो र फुस्रो रातो हुन्छ भने नेपालमा उत्पादन हुने अण्डा चिल्लो रातो र ठूलो हुने भएपनि जो कोहीले आँखाले सहजै पत्ता लगाउन नसक्ने भएकाले अवैधरुपमा भित्रन सहज भएको उहाँले बताउनुभयो ।

नेपालमा पोल्ट्री क्षेत्रमा ८० अर्ब हाराहारी लगानी भएको छ । उहाँका अनुसार आधा लगानी अण्डा उत्पादनका लागि भएकाले समयमा नै अवैध रुपले भित्रिएका अण्डा रोक्न नसके यहाँका व्यवसायी धरासायी हुने बताउनुभयो । नेपालमा अण्डा उत्पादन गर्ने व्यवसायी दुई हजार हाराहारीमा छन् भने एक लाख ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu