प्युठान , १७ बैशाख । प्यूठानमा श्रीमद्भागवत विराट ज्ञान महायज्ञ तथा प्यूठान धार्मिक महोत्सव सोमबार देखि प्युठान नगरपालिका ४ नँया बजार जुम्रीमा शुरू भएको छ ।
योगाहल तथा प्राकृतिक चिकित्सालय निर्माण एवं कालिका मन्दिर जिर्णोदार सहयोगार्थ महोत्सव सञ्चालन गरिएको आयोजक संस्था स्वाभिमान एकृकित ग्रामीण विकास संस्थाका अध्यक्ष ओमहरी भट्टराईले जानकारी दिए । महोत्सवको उद्घाटन पुर्व गृह सहायक मन्त्री टंक बहादुर बिष्ट, योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल, प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले गमलामा पानि हालेर उद्घाटन गरेका हुन् ।
महोत्सव बैशाख २७ गते सम्म चल्ने आयाजकले जनाएको छ । विश्व विख्यात कथावाचक ईश्वरकृष्ण महाराजबाट कथावाचन, तुलादान, रूद्री, विवाह, व्रतवन्ध लगायतका कार्यक्रम रहेको छ । महोत्सवबाट संकलन गरिएको आम्दानीबाट योगाहल तथा प्राकृतिक चिकित्सालय निर्माण गरिने लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्