ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फस्टाउँदै सामूहिक पशुपालन


admin
१८ बैशाख २०७५, मंगलबार   २ : ३६   बजे

स्याङ्जा, १८ वैशाख ।  यहाँका युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हुन् ।

उनीहरुले सोही नगरपालिकाको वडा नं ७ छामबोटमा भण्डारी कृषि तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेका छन् ।

“छजनाले रु १५ लाखका दरले रु ९० लाख र गल्याङ नगरपालिकाले थप रु १५ लाख अनुदान दिएको थियो” फार्म सञ्चालक कृष्ण भण्डारीले भन्नुभयो, “कूल रु एक करोड पाँच लाखको लगानीमा फार्म सञ्चालन गरेका छौँ ।”

दुई सय ५० रोपनी क्षेत्रफल जग्गामा पशु तथा कृषि फार्म सञ्चालनमा आएको छ । अहिले फार्ममा होलिस्टन जातका छ वटा दुहुना गाई र छ वटा दुहुना मुर्रा भैँसी छन् । “गाई र भैँसीको गरी अहिले दैनिक झण्डै २०० लिटर दूध उत्पादन भइरहेको छ”, फार्म सञ्चालक हिमलाल भण्डारीले भन्नुभयो, “हामीले दूध उत्पादन गर्न सकेमात्रै हुन्छ, बिक्रीका लागि बजारको कुनै समस्या छैन ।”

फार्ममा उत्पादन भएको दूध दिनहुँ फार्म नजिकै गल्याङ बजारमा रहेको साना किसान दुग्ध संकलन तथा बिक्री केन्द्रमा बिक्री हुने गरेको छ । दूध बिक्रीबाट मात्रै मासिक साढे तीन लाखभन्दा बढी आम्दानी हुने गरेको फार्मले जनाएको छ ।

“बढ्दो आधुनिक प्रविधिको विकाससँगै हामी पनि परम्परागत प्रणालीभन्दा माथि उठेर सामूहिक रुपमा व्यावसायिक पशु तथा कृषि पेशामा लागेका छौँ”, फार्म सञ्चालकमध्येकै फर्शुराम भण्डारीले भन्नुभयो, “यस ठाउँमा पानीको प्रशस्त सुविधा रहेकाले पशुसँगै खाली रहेको जग्गामा व्यावसायिक रुपमै तरकारी खेती सञ्चालन गरेका छौँ ।”

पछिल्लो समय युवा वैदेशिक रोजगारीलाई प्रमुख क्षेत्र मानिरहेका बेला आफ्नै भूमिमा पसिना बगाउन सके विदेशमा कमाइ हुने धन स्वदेशमै कमाइ हुने भएकाले आफूहरु यो पेशाबाट सन्तुष्ट रहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group