ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन


admin
१९ बैशाख २०७५, बुधबार   ६ : ११   बजे

दमक, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार खेलकूदको समुचित विकास गर्न प्रयत्नशील रहेको बताउनुभयो ।

दमक आसपासमा खेलकूदका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यहाँ खेलकूद मैदान होइन रंगशाला बनाउन नै सरकारले चाहेको छ ।”

उहाँले खेलकूदलाई स्वस्थ र स्वच्छ ढंगले व्यावसायिक बनाउन सुझाव पनि दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार खेलकूदको बृहत्तर विकासका लागि सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रको विकासमा सवै क्षेत्रको रचनात्मक भूमिका हुनुपर्ने बताउनुभयो ।

दमक नगरपालिकाको नगर खेलकूद विकास समितिले आयोजना गरेको यो प्रतियोगिताअन्तर्गतको आजको उद्घाटन खेल घरेलु टिम रमपम झापा–११ र मदन भण्डारी स्पोर्टस् एकाडेमीबीच प्रतिस्पर्धा हुनेछ । यसवर्ष झापामा भएका गोल्डकपमध्ये यो पाँचौ संस्करण हो ।

प्रतियोगिताका प्रचार संयोजक चन्द्र दाहालका अनुसार प्रतियोगितामा करेन्ट रुपन्देही, शसस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, सरस्वती युथ क्लब, मनाङ म¥र्याङ्स्दी र आयोजक गरी १० टोली सहभागी छन् ।

प्रतियोगिताका विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु छ लाख ११ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu