वैशाख २० – आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । पानी परेर मैदान हिलो भएपछि प्रभावित भएको खेलमा १२ ओभरमा एक सय ५१ रनको लक्ष्य पाएको राजस्थानले ५ विकेट गुमाउँदै एक सय ४६ रन मात्र बनाएपछि दिल्लीले ४ रनको रामोञ्चक जित हात पारेको हो ।
राजस्थानका जोस बट्लरले विस्फोटक ६७ तथा जोन म्याथ्यु शर्टले ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दिल्लीका ट्रेण्ट बोल्टले दुई विकेट लिए । बटलरले मात्र २६ बलमा ७ छक्का र ४ चौका सहित ६७ रन बनाए भने शर्टले २५ बलमा ४ छक्का र २ चौका सहित ४४ रन बनाएका थिए ।
फिरोज शाह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले १७ ओभरमा एक बलमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
उसका लागि ऋषभ पन्तले ६९, कप्तान श्रेयस ऐयरले ५० र पृथ्वी शाले ४७ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेका ऋषभले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै, ऐयरले ३५ बलमा अर्धशतक पूरा गरे भने पृथ्वीले २५ बलमा चार चार छक्का र चौका प्रहार गरेका थिए । जितपछि दिल्ली नौ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको पुछारबाट तेश्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्