बझाङ, २० वैशाख । बझाङको जयपृथ्वी नगरपालीका ७ सवेडास्थित सिसानीको चौठया खोलामा आएको बाढिले जीप बगाउँदा तीन जनाको मृत्यु भएको छ ।
बुधबार राति ८ बजे खोलामा आएको ठूलो बाढीले से १ ज ८२० नम्बरको जिप बगाउँदा जिपमा सवार ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चैनपुरमा कस्मेटिक पसल सञ्चालन गर्ने खप्तड छान्ना गाउँपालिका २ का ३१ वर्षीय अम्मराज वन, २४ वर्षीय असु ओड र जीपचालक कञ्चनपुर दोधराका २६ वर्षीय रमेश चन्द रहेका प्रहरीले जनाएको छ ।
जीप खोलाले बगाएर झण्डै ५० मिटर तल खोँचमा पुरिएको अवस्थामा बिहान भेटिएको थियो । अप्ठ्यारो भीर र जीपलाई माटोले पुरिएकाले बिहीबार दिउँसो साढे २ बजेमात्र शव निकालिएको हो।
प्रतिक्रिया दिनुहोस्