ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग


admin
२० बैशाख २०७५, बिहिबार   ६ : ४७   बजे

काठमाडौँ, २० वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै पटकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट सर्वसाधारण जनतालाई समस्या भएको उल्लेख गरिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटेर मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

जनताको जीवनसँग जोडिएको तथा सर्वसाधारण, व्यवसायी, उद्योगी, विद्यार्थीलगायत सम्पूर्ण नागरिकको जनजीविकामा प्रत्यक्ष असर पर्ने हुँदा पछिल्लोपटक वृद्धि भएको मूल्य तीन दिनभित्र फिर्ता लिन माग गरिएको हो ।

ज्ञापनपत्रमा मूल्य समायोजन वैज्ञानिक तवरबाट तथा जनतालाई असर नपर्ने गरी हुनुपर्ने, इन्धन आपूर्तिमा एकद्वार प्रणालीको अन्त्य गरी तेस्रो मुलुकबाट पनि आयात गर्न पहल गर्नुपर्ने तथा कालोबजारीलाई कडाइका साथ नियन्त्रण गरी कारबाही गर्न आग्रह गरिएको छ ।

पत्र बुझेपछि मन्त्री यादवले संगठनले राखेका मागप्रति आफू सकारात्मक भएको बताउँदै जनताको प्रत्यक्ष जीवनसँग जोडिएको महत्वपूर्ण उपभोग्य वस्तु हाल स्वचालित मूल्य प्रणालीबाट घटबढ हुने गरेकाले सो विषयमा सरोकार पक्षसँग छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल आयल निगमले बुधबार पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीन वृद्धि गरी पेट्रोल प्रतिलिटर रु १०८ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ९० कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu