ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण


admin
२३ बैशाख २०७५, आइतबार   ५ : १८   बजे

भीमदत्तनगर, २३ वैशाख । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ ।

राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिनुभयो । “बाइस जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन् ।” मुख्य प्रशिक्षक भाटले भन्नुभयो, “अर्को चरणमा छनोटपछि १२ जनाको सेट टिम बन्छ ।”

एक डेढ महिना भीमदत्तनगरमा बन्द प्रशिक्षणपछि खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने गृहकार्यसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । “एशियालीमा हामीले स्तर सुधार्नाका साथै एकाध टिमलाई हराउन सक्छौँ ।” भाटले भन्नुभयो, “त्यहाँको अनुभवले अर्को वर्ष नेपालमा हुने साफ खेलकूदका लागि थप बल हाम्रा खेलाडीमा आउँछ ।” आयोजक इण्डोनेसिया नै कबड्डीको बलियो टोली रहेको बताउँदै उहाँले एशियाली खेलकूदमा बलिया टोली सहभागी हुने जानकारी दिनुभयो ।

जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरमा कबड्डीसँगै भलिबल, बक्सिङ र कुस्तीको बन्द प्रशिक्षण हुने जानकारी दिनुभयो । “हल नपाइए कुस्ती यहाँ नहुन सक्छ ।” भट्टले भन्नुभयो, “जेठको पहिलो सातासम्म भलिबल र बक्सिङको टिम प्रशिक्षणका लागि यहाँ आइपुग्ने भनिएको छ ।”

बन्द प्रशिक्षणमा रहेका खेलाडी तथा प्रशिक्षकको आवास तथा खानपिनको व्यवस्थापन राष्ट्रिय खेलकूद परिषद्ले गरेको भट्टले जानकारी दिनुभयो । गत फागुनदेखि भीमदत्तनगरका राष्ट्रिय जुनियर महिला कबड्डी खेलाडीको बन्द प्रशिक्षणसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group