ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक, विद्यार्थी यार्सापाटनतिर, विधालय एक महिनाको लागि बन्द


admin
२३ बैशाख २०७५, आइतबार   ६ : ५०   बजे

रुकुम, २३ वैशाख । रुकुम पूर्वमा रहेका विद्यालय आजदेखि बन्द भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक हिमाली पाटनतर्फ जान थालेपछि यहाँका विद्यालय बन्द हुन थालेका हुन् ।

यार्साको समयमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । जेठको दोस्रो सातादेखि खुला गरिने यार्सा टिप्न वैशाख दोस्रो सातादेखि नै उनीहरु पाटनतर्फ जान्छन् ।

यो बिदालाई विद्यालयहरुले बर्खे बिदासँग मिलाउने हुँदा विद्यार्थीको पठनपाठन समस्या नहुने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटा बताउनुहुन्छ । “जेठको अन्तिम सातासम्म विद्यालय बन्द हुने जानकारी आएको छ” उहाँले भन्नुभयो ।

यहाँको प्रमुख आयस्रोत मानिने यार्सा टिप्न यहाँका बालबालिका, वृद्धवृद्धा र शिक्षकहरुसमेत पाटनतर्फ जाने गर्छन् ।

विद्यालय बन्दका बारेमा केही जानकारी नगराएको जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यहाँका विद्यालयले बर्खे बिदासँग यो बिदा मिलाउँदा पढाइमा त्यति समस्या नहुने उहाँको भनाइ छ ।

“अन्य बिदासँग नमिलाएर यसरी आफूखुशी विद्यालय बन्द गरेको भए शिक्षा कार्यालयले कारबाही गथ्र्याे”, जिल्ला शिक्षा अधिकारी कुँवरले भन्नुभयो, “तर उनीहरुले बिदा मिलाउँछन् ।”

यस समयमा यहाँका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय बन्द हुने गर्दछन् । एक याममा यहाँका स्थानीयले रु ५० हजारदेखि पाँच लाखभन्दा बढी कमाउने गरेको स्थानी बताउँछन् ।

जिल्लाको पुथा उत्तरगंगाको बुकीमा पाइने यार्सा जेठको दोस्रो सातादेखि संकलन शुरु गरिने भएको छ । यसका लागि यार्सा मौसम व्यवस्थापन समितिले गतेको भने टुंगो लगाउन सकेको छैन । यहाँ बर्षेनी जेठको दोस्रो सातातिर यार्सा संकलनका लागि बुकी खुला गर्ने चलन छ । यसका साथै भुमे र सिस्ने गाउँपालिकाका केही भागमा पनि यार्सा पाइने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group