खोटाङ, २४ वैशाख । बाख्रा चराउन जंगल गएका एक बालिका र दुई बालक बेपत्ता भएका छन् । शनिबार बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीया सुमन श्रेष्ठ, ११ वर्षीय अनित माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
खोजी गर्दा पनि नभेटिएपछि आफन्तले आइतबार साँझ खोजीका लागि प्रहरीमा निबेदन दिएका थिए । बेपत्ताको खोजीका लागि ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । बालबालिका नदीमा बेपत्ता भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्