काठमाडौं २४ वैशाख। आगामी बजेटको प्राथमिकता र संसदीय समितिमा पार्टीको सहभागीता लगायत बिषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा विहान ९ बजे सुरु भएको बैठकमा बजेटमा समाबेश हुने क्षेत्र र प्राथमिकता तथा व्यवस्थापिका संसदमा बन्ने समिति १० वटा समितिमा पार्टीको प्रतिनिधित्व लगायतका बिषयमा छलफल भईरहेको प्रबक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
आसन्न बजेटको प्राथमिकता निर्धारणका लागी सुझाव दिन माओवादी केन्द्रले बैठकमा छलफल थालेको उहाँले बताउनुभयो । बैठकमा संघीय संसदमा पार्टीले खेल्ने भुमिका लगायतका बिषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्