बझाङ,२४ वैशाख । शनिबार परेको अविरल वर्षाका कारण बझाङको एक मात्र जयपृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको झोता बजारदेखि भाँडे बजारको बीचमा ठाँउ–ठाँउमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले बझाङले जनाएको छ ।
पहीरोका कारण राजमार्ग अवरुद्ध भएपछि धनगढी, महेन्द्रनगर, डडेल्धुरा र काठमाडौंबाट सदरमुकाम चैनपुरतर्फ आएका बसहरु सबै झोता बजारमा छन् भने सदुरमुकाम चैनपुरबाट धनगढी कैलाली, महेन्द्रनगर, काठमाडौं, सबै साना ठुला सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।
सडक खोल्ने काम जारी रहेको भैरहेको छ । प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार ठाँउ ठाँउमा ठूला–ठूला पहिरा गएका कारण सडक खुलाउन केही समय लाग्ने छ बताएका छन ।
प्रतिक्रिया दिनुहोस्