पर्सा, २४ ,वैशाख । जिराभवानी गाउँपालिकाका उपाध्यक्ष उषा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीकै निर्देशनमा आइतबार इलाका प्रहरी कार्यालय सेढवामा स्थानीयबासी र प्रहरीबीच झडप भएको पाइएपछि पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको प्रहरीले जनाएको छ ।
नेपाली प्रहरीलाई भारततर्फ लैजाँदै गरेका चारजना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ । तिनै भारतीयलाई छुटाउन स्थानीयबासीले आइतबार प्रहरी कार्यालय घेराउ गर्दा प्रहरीसँग झडप भएको थियो ।
यो पनि पढ्नुहोस ।
https://abcnepal.tv/news/2018/05/07/36905.html
प्रतिक्रिया दिनुहोस्