ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय महिला भलिबलः एपिएफ र पुलिस फाइनलमा


admin
२४ बैशाख २०७५, सोमबार   ६ : १४   बजे

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा साविक विजेता दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्ड एकेडेमीलाई ३–१ ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो खेल एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारे पनि दोस्रामा पुनरागमन गर्दै न्यू डायमण्डले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछिका दुई खेलमा एपिएफ २५–१० र २५–२३ ले जितेर लगातार चौथो पटक फाइनलमा पुग्न सफल भयो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चल भलिबल संघलाई ३–० ले लगातार जिती पराजित ग¥यो । पश्चिमाञ्चलविरुद्ध सहज जीत हासिल गर्ने क्रममा पुलिसले २५–१९, २५–१५ र २५–२२ को नतिजा निकालेको थियो । मंगलबार हुने फाइनल भिडन्तमा उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु एक लाख र तेस्रो हुनेले रु ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu