ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समानताका आधारमा कूटनीतिक सम्बन्ध हुनुपर्छ’


admin
२४ बैशाख २०७५, सोमबार   ६ : २०   बजे

काठमाडौँ, २४ वैशाख।  समानताका आधारमा नेपाल–भारतबीच कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्नेमा विभिन्न दलका नेता तथा नागरिक समाजका अगुवाले जोड दिएका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले मुलुकको वैदेशिक नीतिमा सबै दल एक ठाउँमा उभिनुपर्ने सुझाव दिनुभयो ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले नेपाल र भारत दुवै देशमा यतिबेला दिगो सरकार रहेको उल्लेख गर्दै दुवै देशका प्रधानमन्त्री बलियो भएकाले अब मुलुकलाई फाइदा हुने दिशातर्फ नेपाल सरकार अघि बढ्नुपर्ने बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्तै महत्वपूर्ण हुनेछ, उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदी आफँै पनि धार्मिक व्यक्ति हुनुहुन्छ, उहाँ नेपाल आउनुको मुख्य कारण नेपाल भूमि वैदिक धर्मका दृष्टिकोणले पुण्यभूमि हो ।”

नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले विगतमा भएका सम्बन्धलाई थप सुदृढ गर्ने बताउँदै भ्रमणबाट नेपालले आफ्नो हितमा फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा नेपालका प्रधानमन्त्री दिल्ली जाने परम्परा थियो, अब भारतका प्रधानमन्त्री नेपाल आउन थाल्नुभएको छ, दुवै मुलुकका सरकार प्रमुखको भ्रमण दोहोरो हुन थालेको छ, यो सुखद पक्ष हो ।”

नेपाली काँग्रेसका नेता एनपी साउदले भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्धमा थप हार्दिकता आउने विश्वास व्यक्त गर्दै भ्रमण सफल बनाउनका लागि सरकारले यथेष्ट गृहकार्य गर्नुपर्ने र भ्रमणलाई उच्चतम् हितमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “औपचारिक भ्रमण काठमाडौँबाट शुरु भएको भए त्यो स्वभाविक र राम्रो सन्देश हुने थियो, पछि जनकपुर, मुक्तिनाथको भ्रमण भएको भए राम्रो हुने थियो, किनकी केन्द्रीय सरकार त काठमाडौँमा छ, जे भए पनि उहाँको भ्रमणलाई हामीले सकारात्मकरुपमा लिनुपर्छ ।”

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेश सांसद मनिष सुमनले दुवै देशबीच ऐतिहासिक र अटुट सम्बन्ध रहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सम्पूर्ण नेपालीले सफल पार्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीसँग व्यापार घाटा कम गर्न, रोजगारी वृद्धि र लगानीको विषयमा छलफल गर्न सरकारलाई सुझाउँदै उहाँले भन्नुभयो, “भारतसँग हाम्रो विशिष्ट सम्बन्ध छ, भारतलाई गाली गरेर बढी राष्ट्रवादी भइदैन, सियोदेखि ठूला उपभोग्य वस्तु भारतकै प्रयोग हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group