इलाम , २५ वैशाख । हरीले ‘विप्लव’ नेतृत्वको नेकपाका चारजना कार्यकर्तालाई पक्राउ गरिएको छ ।
गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका चारजना कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम नगरपालिका–३, पुवामझुवाका २५ वर्षका काजीमान सुनुवार, ३७ वर्षका चन्द्र थापा, ३२ वर्षका समीर भन्ने सञ्जिवकुमार राई र सूर्योदय नगरपालिका १२ आइतबारेका ३४ वर्षका लाक्पा शेर्पालाई प्रहरीले गाडीमा आगजनी गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको लेटरप्याड, चन्दा रसिद, निर्माण व्यवसायीहरुको नामावली, माक्र्सवाद, लेनिनवाद र माओवाद सम्बन्धी विभिन्न दस्तावेज समेत नियन्त्रणमा लिएको प्रहरीको जनाएको छ ।
मेची राजमार्गको इलाम नगरपालिका–४, मा रहेको पुवाखोला–नेपालटार सडक खण्डमा गएको २२ गते गाडीमा आगजनी भएको थियो । झापा बिर्तामोडबाट पाँचथर फिदीमतर्फ जाँदै गरेको को १ च ८७१५ नम्बरको महेन्द्र पिकअप गाडीमा आगजनी हुँदा दुई लाख बराबरको क्षति भएको बताइएको छ ।
पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विपिनकुमार कर्मचार्यले जानकारी दिनुभयो । घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्