ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनका सेनापीडित महिलाले अझै न्याय पाउन सकेनन्


एबीसी न्यूज
२६ बैशाख २०७५, बुधबार   ११ : १३   बजे

चितवन, २६ वैशाख ।  चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् ।

निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको छ । तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उहाँले बताउनुभयो ।

महासंघको अगुवाइमा नेपाली सेनाको मध्यपृतना हेटौँडामा निवेदन दिएका ५७ जनामध्ये २७ जनाले कानूनी न्याय पाई नागरिकता बनाउने, उपचार र पढाइको सुविधा पाएको न्यौपानेले बताउनुभयो ।

नेपाली सेनाले विसं २०६८ मा महासेनानीको नेतृत्वमा छानबिन समिति समेत गठन गरी न्याय दिलाउनका लागि पहल थालेको थियो । तर पीडित भनिएका महिलाले आफूले सन्तान जन्माउँदा सम्बन्ध राखेको सेनाको पहिचान गर्न नसक्दा न्याय दिलाउन असहज बनेको न्यौपानेले बताउनुभयो । निकुञ्जमा घाँस, दाउरा तथा निउरो टिप्न जाँदा सुरक्षामा खटिएका सेनासँग सम्बन्ध हुने र कतिपयले उनीहरुलाई विवाहको प्रलोभनमा पारेर शारीरिक सम्पर्क गर्ने गरेको पीडितको भनाइ छ ।

तीनै सम्पर्कबाट बच्चा जन्मने र केही समयसँगै बसेर सेनाले छाडेपछि उनीहरु बिचल्लीमा पर्ने गरेको देखिएको छ । पीडितको भनाइअनुसार दुई तीन महिनादेखि छ वर्षसम्म सँगै बस्ने र त्यसपछि सम्पर्कविहीन हुँदा उनीहरुबाट जन्मिएका सन्तान र आमाको बिचल्ली हुँदै आएको पाइन्छ । एक पीडितका अनुसार कतिपय महिलाको त जबर्जस्ती करणीबाट सन्तान जन्मिएको र न्याय पाउन नसकेको पनि उदाहरण रहेका छन् ।

न्यौपानेका अनुसार मेघौलीकी एक महिलाको चारजना सैनिकसंगको सम्पर्कबाट छजना बच्चा जन्मिएका छन् भने अर्को एक महिलाको तीनजना सैनिकसँगको सम्पर्कबाट सातजना बच्चा जन्मिएका छन् । ती बच्चा हुर्किइसकेका छन् तर बाबुको पत्तो लाग्न सकेको छैन ।

यसरी जन्मिएका बच्चा ९ वर्ष देखि २३ वर्षसम्म पुगेका न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो “कतिपयको त बच्चाले पनि हुर्किएर विवाह गरी सन्तान जन्माइसकेका छन् तर बाबुको टुंगो लाग्न सकेको छैन ।”

एउटै सैनिकबाट तीनजनासम्म सन्तान जन्मिएका पनि छन् । तर ती सैनिक कहाँ छन् भन्ने पत्तो लाग्न सकेको छैन । पीडित महिलामध्ये २१ जना विदेश गएको र अन्य माइती र आसपासका क्षेत्रमा ज्याला मजदूरी गरी परिवार पालिरहेको पाइएको छ ।

निकुञ्ज आसपासको हालको भरतपुर महानगरपालिकाको वडा नम्बर २२ देखि २८ सम्म र माडी नगरपालिकाका महिला पीडित भएका हुन् । न्यौपानेका अनुसार पीडित हुनेमा जनजाति समुदायका ८६ जना रहेका छन् भने दलितका १४ र अन्य जातिका १६ जना रहेका छन् ।

जगतपुरकी एक पीडित महिलाले भनिन् “आफू घाँस दाउरा गर्न जाँदा सम्पर्क बढेसँगै एक बच्चा भयो । पछि बच्चाका बाबु अर्को ठाउँमा सरुवा भएसँगै सम्पर्कविहीन भए । पछि मैले कानूनी न्याय पाएँ र अहिले नागरिकता बन्यो ।”

माडी बगईकी एक महिलाका दुई सन्तान छन् । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाकै संसर्गबाट ती बच्चा जन्मिएका हुन् । नाम नबताउने शर्तमा उनले भनिन् “विवाह गर्ने भनेर सम्पर्क भएको हो । सँगै पनि बस्यौँ । पछि उनी पनि सरुवा भए र बेवास्ता गरे । ”

अहिले ती महिलाले पनि कानूनी न्याय पाएकी छिन् । बच्चाको जन्म दर्ता भई नागरिकता बनेको छ । कानूनी न्याय पाउन नसकेका अन्यले न त नागरिकता नै पाउन सकेका छन् न त बाबु कोहो भन्ने पहिचान नै गर्न सकेका छन् ।

निकुञ्जमा विसं २०३४ देखि सुरक्षाका लागि नेपाली सेना खटेको हो । त्यसअघि गैँडा गस्तीमार्फत वनको सुरक्षा गरिन्थ्यो । पछिल्लो समय निकुञ्ज सुरक्षामा खटिएका सेनालाई विशेष निगरानी राखेपछि यस्ता घटना नभएको बताइएको छ । महासंघले पीडितलाई न्याय तथा सहयोग जुटाउँदै यस्ता खालका समस्या आउन नदिन जनचेतना जगाउने काम पनि गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Prince Harry, Elton John Face $13 Million Bill After Privacy Case Loss

मुक्तिनाथदेखि कोरला नाकासम्म : बालेन पुगेको मुस्ताङ किन यति संवेदनशील छ?

व्यवसायीको चिन्ता : ‘बजारमा माग छैन, लगानीकर्ता त्रसित छन्’

Keiko Fujimori Wins Peruvian Presidency Amid Family Controversy

Puerto Rico’s Independence Movement Gains Momentum Among Young Voters

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu