ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीको सुत्केरी भत्ता


admin
२६ बैशाख २०७५, बुधबार   २ : ४२   बजे

कञ्चनपुर, २६ वैशाख।  महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महिला सदस्यलाई सुत्केरी भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सुत्केरीलाई स्वास्थ्य संस्थामा पु-याउन र सुत्केरी हँुदा लाग्ने खर्चको अभाव हुन नदिन सहकारीले भत्ताको व्यवस्था गरेको हो । महिला सदस्यलाई दुई पटक सुत्केरी भत्ताबापत रु एक हजारका दरले रकम उपलबध गराउँदै आएको सहकारीका प्रबन्ध सञ्चालक गणेश चन्दले बताउनुभयो ।

“हालसम्म एक हजार ६३ सुत्केरी महिलालाई रु छ लाख ३१ हजार उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो ।

सहकारीको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय र शाखा कार्यालयका रुपमा रहेका बेलौरी, झलारी, दोधारा–चाँदनी, कृष्णपुर र दैजीमा आबद्ध महिलालाई भत्ता उपलब्ध गराइँदै आएको छ ।

यसैगरी, बाढीपीडित र आगलागीबाट क्षति ब्यहोरेका सदस्यलाई रु एक लाख ३२ हजार तथा काजक्रिया खर्च बापत रु छ लाख ७५ हजार प्रदान गरेको चन्दले बताउनुभयो । सामाजिक उत्तरदायित्वतर्फ अञ्चल बालअनाथालयलाई रु एक लाख एक हजार, निङ्गलाशैनी भगवती सेवा समाजको एम्बुलेन्स खरीदका लागि रु २२ हजार, पत्रकार महासंघको भवन निर्माणका लागि रु ५५ हजार तथा ब्याडमिन्टन प्रतियोगिताका लागि समेत उदयदेव सहकारीले रु २१ हजार सहयोग गरेको छ ।

निम्न आयस्रोत भएका सदस्यका छोराछोरीलाई प्रत्येक शाखाबाट पाँच–पाँच जनालाई गरी ३२ जनालाई नगद वार्षिक छात्रवृत्ति र ११२ जनालाई शैक्षिक सामग्री उपलब्ध गराइएको प्रबन्ध सञ्चालक चन्दले बताउनुभयो । विसं २०५६ मा स्थापना भएको उक्त सहकारीमा हाल २३ हजार २०७ शेयर सदस्य आबद्ध छन् । उदयदेव सहकारीको शेयर पूँजी रु छ करोड ४६ लाख ३१ हजार, बचत रु ४२ करोड १३ लाख ६७ हजार तथा कर्जा लगानी रु ७३ करोड २५ लाख ६१ हजार रहेको छ ।

“ऋणी सदस्यको संख्या १० हजार ८९० रहेको छ,” चन्दले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group