ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वरोजगार बनायो ‘ब्युटी पार्लर’ले


admin
२६ बैशाख २०७५, बुधबार   ४ : १७   बजे

झापा, २६ वैशाख ।  नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ ।

यस व्यवसायबाट महिलाले मनग्य आम्दानी हुने देखेपछि पछिल्लो समय जिल्लामा ब्युटी पार्लर व्यवसाय गर्ने महिलाको संख्या बढ्दै गएको छ । ‘ब्युटी पार्लर’ व्यवसाय सञ्चालन गरेर अहिले झण्डै पाँच हजार महिला स्वरोजगार बनेका छन् ।

उनीहरु दैनिक न्यूनतम् रु पाँच हजार आम्दानी गर्न सफल भएका छन् । भद्रपुरमा श्रद्धा ‘ब्युटी पार्लर’सञ्चालन गरिरहनु भएकी सरस्वती लिम्बूले अहिले घरखर्च मात्र चलाउनुभएको छैन, उहाँले आफ्ना छोराछोरीलाई काठमाडौँमा नाम चलेका बोर्डिङमा पढाउँदै हुनुहुन्छ ।

पच्चीस वर्षअघिदेखि ‘ब्युटी पार्लर’ सञ्चालन गर्नुभएको उहाँले शुरुका दिनमा एक÷दुई सय रुपैयाँ मात्र आम्दानी गरेपनि अहिले दैनिक रु पाँच हजारसम्म कमाउँदै हुनुहुन्छ ।

लिम्बूले भन्नुभयो– “शुरु–शुरुमा यस व्यवसायमा कमाइ हुँदैन थियो, विस्तारै कमाइ हुन थालेको छ । अहिले यस व्यवसायबाट म सन्तुष्ट छु ।” उहाँले ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर मासिक रु एक लाख ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ

यस्तै, विर्तामोडमा ‘लिफन ब्युटी पार्लर’ की सञ्चालिका आशा शर्मा लिम्बूले विगत दश वर्षदेखि यही व्यवसाय अगाल्नुभएको छ । यस व्यवसायबाटै उहाँले अहिले दैनिक रु पाँच हजारभन्दा बढी आम्दानी गर्दैआउनुभएको छ ।

“एउटा याममा रु २० हजारसम्म कमाइ हुन्छ,” उहाँले भन्नुभयो । आफूले ब्युटी पार्लर व्यवसाय शुरु गर्दा त्यत्ति प्रतिस्पर्धा नभए पनि अहिले तीव्र प्रतिस्पर्धा भइरहेको शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यस पेशाप्रति आकर्षण बढ्दै गएको छ ।”

ब्युटी पार्लर सम्बन्धी तालीम लिएर व्यवसाय शुरु गरेको शर्माको भनाइ छ । उहाँ अहिले झापा प्राविधिक शिक्षालयमा प्रशिक्षकको समेत काम गर्दै आउनुभएको छ । ब्युटी पार्लर व्यवसाय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले तालीम लिएर दक्षता हासिल गरेर प्रवेश गर्नु उचित हुने शर्मा बताउनुहुन्छ ।

बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा ब्युटी पार्लर सञ्चालन गर्दैआउनुभएका भीमा बस्नेतले आफू स्वरोजगार बन्दै अरुलाई समेत रोजगार दिलाउनुभएको छ । उहाँले बुधबारेमा सरस्वती ब्युटी पार्लर सञ्चालन गरेको दश वर्ष भएको छ । उहाँको पनि कमाइ अरुको भन्दा कम छैन । उहाँ भन्नुहुन्छ– “अहिले रु पाँच हजारसम्म दैनिक कमाइ हुने गरेको छ । घरखर्च ब्युटी पार्लर व्यवसायबाटै चलेको छ, श्रीमान्को कमाइको भर पर्नु परेको छैन ।”

शुरुमा आफैंलाई मात्र काम लाग्ला भनेर शुरु गरेको उहाँको व्यवसाय अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । सुन्दरता हरेक मानवको रुचिको विषय हो । हरेक मानिस आकर्षक देखिन चाहन्छ । तसर्थ महिला स्वरोजगारको गतिलो माध्यम बनेको यस व्यवसायमा आवद्ध महिलालाई थप दक्षताका लागि सीप र तालीम प्रदान गर्न सके स्वदेशमै महिलाले मनग्य आम्दानी गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu