ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी


admin
२७ बैशाख २०७५, बिहिबार   ४ : ३५   बजे

चितवन, २७ वैशाख । औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको पाइएको छ । व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ ।

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी छ । रु ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै छ । दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो । दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन् ।

पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ । सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल रहेका छन् । त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवं पार्टी प्यालेसमा ठूलो लगानी भएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १५४ वटा पर्यटकीय होटल छन् । सो क्षेत्रमा रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी भएको देखिएको छ । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै रु चार अर्ब लगानी भएको छ । एउटा मेडिकल कलेज र २२ वटा निजी अस्पताल जिल्लामा छन् । मेडिकल कलेज र निजी अस्पतालमा गरी रु १५ अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।

शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १८० निजी विद्यालयमा रु १० अर्बभन्दा बढी लगानी छ । त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन् । युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा रु तीन अर्बभन्दा बढी लगानी रहेको छ ।

उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्यांक संकलन नभए पनि करीब चार हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

गौतमका अनुसार रु एक अर्बभन्दा बढी लगानी भएका उद्योगको संख्या २५ भन्दा बढी छ भने रु ५० करोडभन्दा बढी लगानी भएका उद्योग १००, रु २५ करोडभन्दा बढी लगानी भएका उद्योग २००, रु १० करोडभन्दा बढी लगानी भएका उद्योग ४०० र रु एक करोडभन्दा बढी लगानी भएका उद्योग ८०० रहेका छन् । रु एक करोडभन्दा कम लगानीमा सञ्चालन भएका उद्योगको संख्या तीन हजारभन्दा बढी भएको गौतमले बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगको संख्या नौ हजार ६६३ रहेको छ । कार्यालयमा सेवा क्षेत्रका फार्मसमेत दर्ता हुने गर्छन् । सो कार्यालयको तथ्यांकअनुसार उद्योग एवं फार्ममा रु १३ अर्ब ९५ करोडभन्दा बढी लगानी भएको छ । अधिकांश ठूला उद्योग कम्पनीमा दर्ता भएकाले ती उद्योगको यकिन तथ्यांक जिल्लामा उपलब्ध हुन नसकेको हो ।

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले जिल्लाका उद्योगमा रु दुई खर्बभन्दा बढी लगानी भएको बताउनुभयो । पोल्ट्री, होटल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको उहाँको भनाइ छ । जिल्लामा तीन वटा बियर उद्योग छन् भने मदिराका उद्योग, बोटलर्स नेपाल (तराई) लि, फर्माटिकल्सहरु, प्लाष्टिकजन्य उत्पादन, कृषिजन्य उद्योगजस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको उहाँले बताउनुभयो ।

दुवाडीका अनुसार शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र शुरु भएपछि थप रु दुई खर्ब लगानी हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा एक हजार उद्योग सञ्चालन गर्न सकिने भन्दै उहाँले पुराना ५०० उद्योग र नयाँ ५०० उद्योग त्यहाँ रहने बताउनुभयो ।

देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन हो । देशभरका बासिन्दाको संगमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उहाँले बताउनुभयो ।

उद्योग संघले नवलपुर र मकवानपुरलाई चितवनमा जोडेर औद्योगिक र आर्थिक राजधानी बनाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको दुवाडीले बताउनुभयो । काठमाडौँं साँघुरो भएकाले काठमाडौँ र देशकै लागि चाहिने उत्पादन गर्ने क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले औद्योगिक वातावरण जिल्लामा रहेकाले लगानी गर्ने क्रम बढेको बताउनुभयो । शक्तिखोर औद्योगिक क्षेत्र बनेसँगै उद्योगमा थप लगानी हुने उहाँको भनाइ छ ।

पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu