पोखरा,२७ वैशाख । राष्ट्रिय जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।
‘राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने संघका केन्द्रीय सदस्य विक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा ६० जिल्लाका ५०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने छ ।
प्रतिक्रिया दिनुहोस्