ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथरमा ७० प्रतिशत मतदान


admin
१४ असार २०७४, बुधबार   ३ : ४७   बजे

पाँचथर, १४ असार । दोस्रो चरणको निर्वाचनमा विभिन्न केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका–१ उम्लाबुङस्थित शान्ति क्षेत्र प्राविबाट आज बिहानै मतदान गर्नुभयो ।

यस्तै नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले कुमायक गाउँपालिका–४ बाट मतदान गर्नुभयो । नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व स्थानीय विकास तथा पशुपक्षीमन्त्री श्रीप्रसाद जवेगुले फालेलुङ गाउँपालिका– ८ स्थित अंशुभन्ज्याङबाट मतदान गर्नुभएको छ ।

त्यसैगरी काँग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटाले फिदिम नगरपालिका– १ स्थित फिदिम मावि केन्द्रबाट मतदान गर्नुभएको छ । त्यस्तै पूर्व स्थानीय विकासमन्त्री तथा काँग्रेसका नेता पूर्णकुमार शेर्माले भने अस्वस्थ भएका कारण मतदान गर्न सक्नुभएन ।

अपराह्न २ बजेसम्ममा यहाँ ७० प्रतिशत मत खसेको मुख्य जिल्ला निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यहाँ एक लाख २० हजार ३२८ मतदाता छन् । जिल्लाका आठ वटै स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ । बिहान केही गाउँपालिकामा पानी परेर रोकिएको मतदान पुनः सञ्चालन भएको थियो । जिल्लाका एक सय मतदानस्थलका १५६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको मुख्य निर्वाचन कार्यालय फिदिमले जनाएको छ ।

जिल्लास्तरीय सुरक्षा समितिले तोकेको सीमावर्ती क्षेत्रका १५ अतिसंवेदनशील, ५७ संवेदनशील र २८ सामान्य मतदानस्थलमा निर्वाचन शान्तिपूर्ण भइरहेको छ । यहाँ ३१६ पदमा उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu