काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गरेको बस अयोध्या पुगेको छ।
प्रदेश २ का दुई राज्यमन्त्रीसहित ३४ यात्रु बोकेको सो बस शनिबार बिहान अयोध्या पुगेको हो ।
बस चढेर गृहराज्य मन्त्री सरोज सिंह कुशवाहा र अर्थराज्यमन्त्री उषा यादव अयोध्या गएका हुन्।
अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगो आदित्यनाथले रामकथा पार्कमा स्वागत गरेका छन् । उक्त अवसरमा रामायणसम्बन्धी झाँकीसमेत प्रदर्शन गरिएको थियो। बसका यात्रुलाई बिहान पौने २ बजे नेपाल भारतको सीमा भिठामोडमा सीमा सुरक्षा अधिकारीले स्वागत गरेका थिए।
दुई देशका प्रधानमन्त्रीले हिजो संयुक्तरुपमा रामायण सर्किट रुटको उद्घाटन गर्दै हरियो झण्डा देखाएर जनकुपर अयोध्या बस सेवाको आरम्भ गरेका थिए।
प्रतिक्रिया दिनुहोस्