ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु


एबीसी न्यूज
३० बैशाख २०७५, आइतबार   १ : ४१   बजे

बुटवल, ३० वैशाख। यहाँका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ ।

आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो ।

आश्रमका लागि उपमहानगरपालिकाले बुटवल–१३ जितगढीमा अर्को व्यवस्था नहुञ्जेलका लागि भवनसमेत उपलब्ध गराएको छ । तीन महिनाभित्रमा बुटवलका सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित आश्रममा लगेर स्याहार सुसार गरिने अभियन्ता रामजी अधिकारीले जानकारी दिनुभयो ।

आश्रमको अभियान शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले मानवताको शहरका रुपमा बुटवलको विकास गरिने बताउनुभयो । मानवीय सेवामा नगरवासीलाई पनि सहकार्य गर्न आग्रह गर्दै उहाँले सडक मानवमुक्त अभियानले बुटवलवासीको गरिमा बढ्ने उल्लेख गर्नुभयो ।

आश्रमका प्रमुख संरक्षक तथा डा गोविन्द टण्डनले सेवाभावको उद्देश्यले देशैभरि यस्तो अभियान सञ्चालन गरिएको बताउँदै आउँदो १० वर्षसम्ममा नेपाललाई नै सडक मानवमुक्त बनाउने गरी आफूहरु अभियानमा जुटेको बताउनुभयो ।

आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । यो कार्यालय २०६९ सालमा स्थापना भएको हो । यस्तै भरतपुर, काठमाडौँ, ललितपुर, गोरखा, लमजुङ, वीरगञ्ज, बागलुङ तथा कास्कीमा आश्रमका शाखा सञ्चालन भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu