ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल उपमहानगरमा न्यायिक इजलास शुरु


admin
३१ बैशाख २०७५, सोमबार   ६ : ४५   बजे

बुटवल, ३१ वैशाख।  बुटवल उपमहानगरपालिका न्यायिक समितिको प्रथम इजलास आज बस्यो ।

समितिको कार्यविधि तयार भएपछि आज प्रथम इजलास बसेको हो । इजलासमा हिंसापीडित भएको भन्दै दर्ता भएको एकजना पुरुषको मुद्दा पेश भएको छ ।

उक्त मुद्दाको आज पहिलो छलफलका लागि पेशी तोकिएकामा निवेदकको निवेदनबमोजिमको जिकिर न्यायिक समितिले सुनेर आदेश दिएको छ ।

सो मुद्दामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४९ (८) (क) बमोजिम न्यायिक समितिका संयोजक उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको इजलासले दुवै पक्षलाई पुनः छलफलका लागि झिकाउन आदेश गरेको छ ।

निवेदन जिकिरअनुसार तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा विचार गर्दा दुवै पक्षलाई झिकाउने भन्दै आउँदो जेठ ७ गते छलफलका लागि अर्को पेशी तारिक तोक्नुभएको छ ।

उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म २५ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये १७ वटा मुद्दा मेलमिलापका माध्यमबाट निरुपण गरिएको उपप्रमुख आचार्यले जानकारी दिनुभयो ।

पतीपत्नीका बीच विवाद, लेनदेन, नाता सम्बन्ध कायम, जग्गा विवाद, घरबहालसम्बन्धी र घरेलु हिंसाका विषय दर्ता भएको अधिकृत कल्पना अर्यालले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले कार्यविधि बनाउनुअघि वडा समितिमार्फत मेलमिलाप बाट १३५ मुद्दाको निरुपण गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

तीमध्ये सम्बन्ध विच्छेदसम्बन्धी तीन वटा मुद्दालाई जिल्ला अदालतमा पठाइएको उपप्रमुख आचार्यले जानकारी दिनुभयो । कार्यविधि तयार भएपछि भने न्यायिक समितिमा आठ वटा मुद्दा दर्ता भएका छन् । जसमा घरबहाल सम्झौतासम्बन्धी, सम्बन्ध विच्छेद, खान लाउन घर बस्न अधिकार दिलाइ पाऊँ, विवाह दर्ता, जन्मदर्ता गरिपाउँ भन्ने रहेको आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group