ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित


admin
३१ बैशाख २०७५, सोमबार   ६ : ५५   बजे

काठमाडौँ, ३१ वैशाख । कर्णाली क्षेत्रका ७५ प्रतिशत बस्ती असुरक्षित रहेको छ ।

कर्णाली विकास आयोगले गरेको अनुसन्धानमा सो क्षेत्रका २५ प्रतिशत गाउँमात्र बस्न लायक रहेको र बाँकी ७५ प्रतिशत बस्ती कुनै न कुनै रुपमा असुरक्षित रहेको उल्लेख छ ।

करीब पाँच महिनाको समयअवधिमा गरेको सो अनुसन्धान प्रतिवेदनमा त्यस क्षेत्रका अधिकांश जमिन भिरालोपन र भूकम्पका जोखिममा छन्, त्यस कारण त्यहाँका नागरिक असुरक्षित महसुस गरिरहेको जनाएको छ ।

कर्णालीका हुम्ला, जुम्ला, मुगु र कालीकोट जिल्लामा असुरक्षित बस्तीको अध्ययन गर्न आयोगले विज्ञ डा दीपेन्द्र रोकायको संयोजकत्वमा दीपकबहादुर बुढा सदस्य रहेको एक समूह गठन गरेको थियो । उक्त समूहले तयार पारेको मस्यौदा प्रतिवेदनमा सुरक्षित बस्तीको खोजी गर्न सुझाइएको छ ।

राज्य नियन्त्रित भू–उपयोग तथा विकास नीति निर्माण गरी स्थानीयलाई सुरक्षित क्षेत्रमा बसोबास गर्नका लागि बस्ती विकास योजना अगाडि ल्याउन सुझाव दिदैं समूहले समग्र बस्तीको सुरक्षित संरचना गुरुयोजना बनाएर मात्र निर्माण गर्न, त्यहाँका सुरक्षित एकीकृत घना बस्तीको निर्माण गरी हरेक कर्णालीवासीलाई सुरक्षित घरमा बस्ने व्यवस्था मिलाउन आयोगलाई आग्रह गरेको छ ।

एकीकृत घनाबस्ती विकास कार्यक्रममार्फत राज्यले उपलब्ध गराएका सडक, विद्युत्, खानेपानी, ढल, शिक्षा, स्वास्थ्यजस्ता सेवा सहजै र समानरुपमा एकै स्थानबाट उपलब्ध गराउन पनि प्रतिवेदनमा उल्लेख छ ।

आज यहाँ आयोजित सुझाव संकलन तथा छलफल कार्यक्रममा पूर्वसाँसद गोरखबहादुर बोगटी, विज्ञ पुष्पलाल शाक्य, आयोगका कार्यकारी निर्देशक पार्वती अर्याल, आयोगकै सूचना अधिकारी मोहनप्रसाद न्यौपानेलगायतले सुरक्षित कर्णाली एकीकृत घना बस्ती गुरुयोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

समूहका संयोजक रोकायले कर्णाली क्षेत्रमा सुरक्षित बस्तीे विकास गुरुयोजना ल्याउनुपर्ने उल्लेख गर्दै रोजगारीको आधार प्रशस्त पार्ने गरी राष्ट्रिय महत्वका ठूल ठूला आयोजना, सडक, जलविद्युत्, पर्यटन र औषधिजन्य अर्गानिक कृषि तथा फलफूलको उत्पादन र त्यसको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

समूहका सदस्य बुढाले सुरक्षित बस्ती निर्माणका लागि यस क्षेत्रमा बैज्ञानिक भू उपयोग नीति ल्याएर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group