ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुवानी तथा यातायात व्यवसायलाई व्यवस्थापन गर्न बुटवलमा ‘ट्रान्सपोर्ट भिलेज’


admin
१ जेष्ठ २०७५, मंगलबार   ४ : १६   बजे

पन्देही, १ जेठ । नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिगाह जग्गा सुकुम्बासीका नाममा अतिक्रमण हुँदै आएपछि अहिले उपमहानगरपालिकाले संरक्षण शुरु गरेको छ ।

संरक्षितमध्येको साढे तीन बिगाह क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनाइने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गासहित सार्वजनिक स्वामित्वको खाली जग्गामा व्यवस्थित संरचना बनाउन लागिएको हो । सार्वजनिक जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् भने केहीले आफन्तका नाममा घर घडेरीको कारोबार गरिरहेका छन् ।

स्थानीय अगुवा गुरुप्रसाद शर्माले भन्नुभयो, “अतिक्रमण गर्ने प्रवृत्ति रोक्न जरुरी छ, जनप्रतिनिधिले राम्रो कामको थालनी गर्दा खुशी लागेको छ ।”

अतिक्रमित जग्गा नापजाँचपछि सार्वजनिक जग्गा प्रमाणित भएमा अतिक्रमणकारीलाई कानूनअनुसार हटाइने र त्यहाँ ट्रान्सपोर्ट भिलेज बनाउने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो । पहिलो चरणमा आठ बिगाह १० कट्ठा जग्गा नापजाँच गरिएको छ । कुनै पनि व्यक्तिको सम्पत्तिमाथि नगरपालिकाले दाबी नगर्ने र स्थानीयवासीको सहमति र सहकार्यमै सार्वजनिक जग्गाको संरक्षण गरिने उहाँको भनाइ छ ।

अर्का अगुवा खगुलाल गिरी सार्वजनिक जग्गाको संरक्षणमा समुदायले पनि चासो दिन जरुरी रहेको बताउनुहुन्छ । यसका लागि संरक्षण अभियान सञ्चालन गर्नु जरुरी छ । उपमहानगरपालिकाले तीन बिगाह १० कट्ठा क्षेत्रफलमा ट्रकलगायतका ढुवानीका सवारी साधन पार्किङ गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन थालेको हो । ट्रान्सपोर्ट भिलेज नहुँदा बुटवल बजारमा सामान ढुवानी गर्न आवतजावत गर्ने ट्रकलगायतका साधनले ट्राफिक जाम र बजारलाई नै अस्तव्यस्त बनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group