ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरिदै छ बादी समुदायको जीवनशैली


admin
१ जेष्ठ २०७५, मंगलबार   ५ : ०९   बजे

अछाम, १ जेठ । साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ ।

सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ÷गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दै आएका छन् ।

वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०÷५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गर्नुभएको छ भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लाग्नुभएको छ । बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताउनुभयो ।

“पहिलेको जस्तो मागेर खाने अवस्था छैन,” उहाँले भन्नुभयो, “पहिलेको जस्तो बिक्री हुदँैन, जीवन धान्न व्यापार शुरु गरेको छु ।”

यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थाल्नुभएको छ । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उहाँ निकै खुशी हुनुहुन्छ । शान्ताको श्रीमान् बित्नु भएको सात वर्ष भयो । “श्रीमान् हँुदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहँुदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,” उहाँले भन्नुभयो– “खेतीपाती गर्नलाई जमिन छैन ।”

जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताउनुभयो । बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हाँै,” उहाँँले भन्नुभयो ।

बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डाँैमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले रु दुई लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group