ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिनेत्री निरु (निर्मली)को जन्मदिनमा मुला…..


एबीसी न्यूज
१ जेष्ठ २०७५, मंगलबार   ६ : १७   बजे

काठमाडौं,१ जेठ । अभिनेत्री निरु खड्काको आज ३५ औँ जन्मदिन परेको छ ।

बिक्रम सम्वत २०४० सालमा झापाको लखनपुरमा जन्मेकी निरुले कोरस नृत्यबाट कलाकारिताको सुरुवात गरेकी हुन् । उनले करिअरको सुरुवातमा सिनेमा ‘माइली’ मा समावेश भएको कति औँली अग्ली भएँ बोलको गीतमा नृत्य गरेकी थिइन् । त्यसपछि उनले कोरश डान्सर भएर लगातार २२ वटा जति सिनेमामा काम गरिन् । त्यसपछि भने उनले कलाकारितामा निरन्तरता दिन सकिनन् ।

पर्दामा २१ वर्षको उमेरमा नाच्न थालेकी निरुले त्यसको केही वर्षपछि टेलिश्रृङ्खला ‘थोरै भए पुगीसरी’मा अभिनेत्रीको रुपमा काम गर्ने मौका पाइन् । त्यसपछि उनले अर्को चर्चित टेलिश्रृङ्खला ‘तितो सत्य’मा पनि काम गरिन् । तर उनलाई चर्चित बनाउनमा भने टेलिसिरियल ‘मेरी बास्सै’को ठूलो भूमिका छ ।

‘मेरी बास्सै’मा गाउँले युवती निर्मलीको भूमिका निर्वाह गरेपछि उनलाई दर्शकले रुचाए । उनी यही एउटा भूमिकाबाट लोकप्रिय भइन् जसले अहिले पनि निरन्तरता पाएको छ । अहिले पनि उनी निर्मलीकै नामले परिचित छिन् ।

मंगलबार जन्मदिनमा गोकर्णमा एउटा विज्ञापनको छायाँकनमा रहेकी निरुले छायाँकनस्थलमा रमाइलो तरिकाले जन्मदिन मनाएकी छिन् । विज्ञापन निर्देशन गरिरहेका निर्देशक पवन केसीले मुला काटेर उनको जन्मदिनलाई रमाइलो बनाइदिएका हुन् । यो जन्मदिन अहिलेसम्मकै रमाइलो भएको निरुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu