ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा द्वन्द्वको घाउ पुर्दै सेना


admin
१ जेष्ठ २०७५, मंगलबार   ७ : ५४   बजे

रुकुम, १ जेठ ।  द्वन्द्वको समयमा निकै पिडा झेलेको रुकुम पश्चिमको खारा निकै चर्चामा रह्यो ।

यहाँका बासिन्दाले द्वन्द्वको प्रत्यक्ष मार खेपे । नेपाली सेना र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच पटक पटक लडाइँ भयो । त्यो समयमा यहाँका धेरैले ज्यान गुमाए । दुई दर्जनभन्दा बढी घरमा आगजनी भयो, उस्तै संख्यामा घाइते अपाङ्ग भए । खारावासी नेपाली सेना र प्रहरी देख्न बित्तिकै डराउने अवस्था रह्यो ।


यही द्वन्द्व प्रभावित क्षेत्रमा नेपाली सेनाले अहिले पाँच शय्याको अस्पताल निर्माण गरेको छ । नागरिक सैनिक सम्बन्ध विकास गर्ने हेतुले नेपाली सेनाको देवी दल गण रुकुमले रु ११ लाखको लागतमा अस्पताल निर्माण गरेको हो ।

उक्त अस्पतालाको आज औपचारिक कार्यक्रमका बीच स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

अस्पताल निर्माणपछि द्वन्द्वको बेला बिग्रिएको सेना र जनताको सम्बन्ध सुधार हुने अपेक्षा राखिएको छ । स्थानीय र नेपाली सेना बीचको सम्बन्ध सुधार गर्न र यहाँको समस्या समधान गर्नका लागि अस्पताल निर्माण गरिएको देवी दल गण सल्लेका गणपति, प्रमुख सेनानी पंकज रावलले जानकारी दिनुभयो ।

“हाम्रो काम देशको सुरक्षा गर्नु मात्र होइन, जनतालाई परेका बेला सहयोग गर्नु पनि हो”–उहाँले भन्नुभयो, “खारा नजिकै गुणस्तरिय स्वास्थ्य संस्था नहुँदा जनताले स्वास्थ्य सेवा पाउनबाट बञ्चित थिए, त्यस कारण अस्पताल निर्माणमा सहयोग गरेका हौँ ।”

सो अवसरमा उत्तर पश्चिम पृतना हेटक्वार्टरका पृतनापति उपरथी कर्मेन्द्र बिक्रम लिम्बूले त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीलाई सो अस्पताल हस्तान्तरण गर्दै अस्पतालबाट गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।

अस्पताल निर्माण गरेर स्थानीय सरकारलाई सहयोग गरेको भन्दै गाउँपालिका अध्यक्ष घर्तीले सेनालाई धन्यवाद दिनुभयो ।

अब यसको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने र आजैदेखि सेवा प्रदान गर्न शुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

अस्पताल निर्माण गरी नेपाली सेनाले त्रिवेणीवासीलाई ठूलो गुण लगाएको छ, अध्यक्ष घर्तीले भन्नुभयो, “यसको व्यवस्थापन, औषधि खरिद र जनशक्तिका लागि गाउँपालिकाले पहल शुरु गरिसकेको छ ।”
अस्पताल निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । गाउँमा अस्पताल नहँुदा दुई घन्टाको पैदल हिँडेर अर्को गाउँ जानुपर्ने समस्याको समाधान भएको स्थानीय वीरभान ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group