ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन निजामती ट्रेड युनियनको माग


admin
२ जेष्ठ २०७५, बुधबार   ३ : ५१   बजे

काठमाडौँ, २ जेठ। निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुभएको हो ।

अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले खर्चिलो र अनुभवी कर्मचारी अवकाश लिने भन्दै रोकेको छ ।

अध्यक्ष ढकालले अवकासका लागि राजीनामा दिएर बसेका कर्मचारीलाई पुनः काममा पठाउन समस्या हुने भएकाले अवकाशको प्रक्रिया थाल्नुपर्ने बताउनुभयो । ‘‘एउटा सरकारले ल्याएको अवकाशलाई अहिले अर्को सरकारले रोकेको छ,’’ उहाँले भन्नुभयो, ‘‘एउटाले बनाएको कानून अर्कोले परिवर्तन गर्न पाइँदैन, अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई प्रक्रिया पु-याई अवकाश गर्नुपर्दछ ।’’

चार सचिवसहित करीब नौ हजार ६७१ जना कर्मचारीले अवकाशका लागि निवेदन दिएका छन् ।

यस्तै अध्यक्ष ढकालले समायोजन गर्दा कर्मचारीको भावनाअनुरुप गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले राजीनामा दिएका कर्मचारीलाई अवकाश दिएर नयाँ कर्मचारी राख्नुपर्ने बताउनुभयो । उहाँले राजीनामा दिएका कर्मचारीको काम गर्ने इच्छा नहुने भएकाले अवकाश दिनुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले कर्मचारी खटाउन नसक्दा जनताको काम प्रभावित भइरहेको भन्दै विधि प्रक्रियाले कर्मचारी खटाएमा जाने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले समायोजन ऐनअनुसार नै स्थायी रुपमा कर्मचारीलाई खटाउनुपर्ने बताउनुभयो ।

यस्तै, आधिकारिक ट्रेड युनियनले तलब भत्ताको पुनरावलोकन हुनुपर्नेसमेत माग राखेका छन् । अहिलेको बढ्दो महँगीका कारणले तलबले जीवन धान्नमा समस्या परेकाले तलब बढाउनुपर्ने माग आधिकारिक ट्रेड युनियनको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group