काठमाडौं, ३ जेठ । बिहिबार एकीकरण भएका दुई पार्टी एमाले र माओवादी केन्द्रले तीन महिनाभित्र भातृ संगठनको एकीकरणको टुंगो लगाउने भएका छन् ।
पहिलो संयुक्त केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै केपी शर्मा ओलीले अब संगठनहरु एकीकरणमा पनि बिलम्ब नगरिने बताए । उनले तीन महिनाभित्र भातृसंगठनहरुको एकीकरणलाई पनि टुंगो लगाउने जानकारी दिए।
दुई पार्टी मिलेर बनेको नवगठीत नेपाल कम्युनिष्ट पार्टी ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटि र ४ सय ४१ सदस्यीय केन्द्रीय समितिसहितको बनेकोे छ।
प्रतिक्रिया दिनुहोस्