गुल्मी, ४ जेठ । गुल्मीमा शिक्षकको पिटाइबाट एक विध्यार्थी घाइते भएका छन् । सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालय कक्षा ५ मा पढ्ने अनमोल जिसी शिक्षिकाको कुटाइबाट घाइते भएका हुन् ।
बिहीबार बिद्यालयमा पढ्न स्कुल गएका बिद्यार्थी जिसीलाई शिक्षिका रमा पाण्डेयले कुट्ने क्रममा दाँत भाँचिएको हो । बालक स्कुलबाट साँझ घरमा आएर अभिभावकलाई शिक्षिकाकाले कुटेर दाँत भाँचिएको बताएपछि घटना सार्वजनिक भएको थियो ।
शिक्षिकाको कुटाइबाट घाइते बालकको तम्घासमा उपचार भइरहेको छ । कक्षा बिद्यार्थीहरुले हल्ला गरेको भन्दै बिद्यार्थीहरुलाई लठ्ठीले हान्ने क्रममा उनको दाँतमा लागेर भाँचिएको बताइएको छ ।
बिद्यालयबाट बालक रुदै आएर बुझने क्रममा शिक्षिकाले हानेर दात भाँचिएको बताएको वालकी अभिभावक मिना जिसीले बताइन् ।
शिक्षिकाको कुटाईबाट बालक घाइते भन्ने सम्बन्धमा बिद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट गल्ती भएको स्वीकारेका छन् । उनले घटना थाहा पाउन साथ शिक्षिकासँग् बुझ्ने क्रममा केही गल्ती भएको स्वीकारेका हुन् ।
प्रधानाध्यापक भण्डारीले शिक्षिकाको कुटाईबाट घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य बिषयमा पछि छलफल गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्