काठमाडौँ, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असार ५ गते छिमेकी देश चीनको राजकीय भ्रमणमा जाने भएका छन् । तर, भ्रमणको औपचारिक घोषणा हुन बाँकि ।
प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर टुलिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।
तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई को अपरेशनको सम्मेलन जुन ९–१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् ।
प्रधानमन्त्री ओलीले ३० वैशाखमा संसद्लाई सम्बोधन गर्दै छिटै चीन जाने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्