काठमाडौं,७ जेठ । सर्वोच्च अदालतको सोमबारेका इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका नेता अमर झाँक्रीसहित सात नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले ‘मनासिव माफिकको कारण र औचित्य पुष्टि नगरी स्वेच्छाचारी रुपमा अनुसन्धानका लागि भनि म्याद थप गरी थुनामा राख्नु गैरकानुनी भएको’ बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसंध्यामा २५ वैशाखमा पक्राउ परेका उनीहरुविरुद्ध केही सार्वजनिक अपराधको मुद्दा चलाइएको छ ।
तर, ३५ दिनभित्र थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा म्याद थप गर्नु पर्ने औचित्य पुष्टि हुने वस्तुनिष्ठ आधार कारण उल्लेख नभएको सर्वोच्चको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्