धनुषा, ८ जेठ । जनकपुर यातायात व्यवस्था कार्यालयका एक कर्मचारीले एक सेवाग्राहीलाई कुटपिट गरेका छन् ।
कार्यालयमा कामका लागि आएका महोत्तरीको भंगहा नगरपालिका –४, का २२ वर्षीय जगदीश महतोलाई नायव सुब्बा राकेश यादवले कुटपिट गरेका हुन् ।
कुटाईबाट घाइते भएका महतोको गालामा तीन वटा टाँका लागेको छ । अहिले महतोको उपचार जनकपुर अस्पतालमा भैरहको छ ।
मोटरसाइकलको लाइसेन्सको निवेदन दर्ता गराएर भौचर अर्कै नामको भौचर दिएपछि पुनः कोठा नं. ८ मा आफ्नो भौचर लिन बन्द कोठाको ढोका दुई तीन पटक ढकढकाएँ । भित्रबाट नासु राकेश यादव ढोका खोलेर निस्किएर एकाएक कुटपिट गरेको पीडितको आरोप छ ।
एउटै कोठामै काम गर्ने कर्मचारीहरुले नासु यादवको बचाउ गर्दै सेवाग्राही महतोले गाली गर्दै आफैले ढोका तोडेपछि लडेको र मुखमा चोट लागेको दावी गरेका छन् । नासु आफैले एक थप्पड पनि नहिर्काएको कर्मचारीहरुको दावी छ ।
प्रतिक्रिया दिनुहोस्