रुपन्देही, ८ जेठ । रुपन्देहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल १५ चंकिपुरका का ३५ वर्षीय रामु रानालाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
तीन छोराकी आमा रहेकी अञ्जु रानालाई रामुले जाँड रक्सी खाई कुटपीट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । जाँड रक्सी खाएर घर पुगेका रामुले खाना नपकाएको भन्दै दाउराको चिरपटले श्रीमतीलाई प्रहार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्