काठमाडौं, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज ५ बजे भारत प्रस्थान गर्ने तयारी भएको विजेता घिमिरेले जानकारी दिनुभयो ।
काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको मेदान्त अस्पताल लैजान लागिएको हो ।
गएको वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना हुनुभएको हो । उहाँको उपचारमा संलग्न डाक्टर विवेक शर्माले सानो आन्द्राबाट रगत बगिरहेको तर त्यो ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारका लागि भारत लैजान सुझाव दिएको बताउनुभयो । उहाँका अनुसार सानो आन्द्रा परीक्षण गर्ने ‘इन्टेरोस्कोपी’ उपकरण अस्पतालमा छैन ।
प्रतिक्रिया दिनुहोस्