सुनसरी, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुेवदी ५० हजार रुपैया घुस लिंदालिंदै पक्राउ परेका छन् ।
जिल्लाको श्री आधारभूत माध्यमिक विद्यालय भण्टाबारीको भवन निर्माणमा भ्रष्टाचार भएको र त्यसलाई मिलाइदिने भन्दै ५० हजार घुस लिइरहेका बेला सुवेदीलाई जिल्ला शिक्षा कार्यालयको क्वाटरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्