ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काजका कर्मचारीले स्वास्थ्य सेवा प्रभावित


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   ९ : ४८   बजे

 

संखुवासभा, ९ जेठ ।  जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् ।

सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार याफू स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनिता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपू स्वास्थ्य चौकीमा राधिका कोइराला सरुवा भएका थिए । तर उनीहरु अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य केन्द्र गएका छैनन् ।

विभागले राधिका कोइरालाको डेढ वर्ष अघि नै धुपू स्वास्थ्य चौकीमा सरुवा गरेको हो । त्यसको तीन महिनापछि स्वास्थ्य मन्त्रालयले कोइरालाको रमाना पत्र नदिन जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेको थियो । सरुवाका कर्मचारी सबै जसो स्थानीय भएका कारण सरुवा हुन अटेर गर्ने गरेका छन् । उनीहरु कुनै पनि बहानामा जिल्ला अस्पतालमा नै काम गर्ने देखिएको छ भने सरुवा भएका स्वास्थ्य केन्द्रमा स्वस्थ्य कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

सरुवा गरिएका स्थानीय तहबाट काज फिर्ता गरिदिन जिल्ला स्वास्थ्य कार्यालयमा पटकपटक पत्राचार समेत गरिएको छ । तर काज फिर्ताका लागि महिनौँ अघि नगरपालिकाले लेखेको पत्रको अटेर गर्दै उनीहरु सदरमुकाम छोडेका छैनन् ।

जिल्लामा रहेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाले दिने तालीम गोष्ठीमा काजका कर्मचारीका कारण विवाद उत्पन्न हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group