ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   ९ : ४९   बजे

 

भक्तपुर, ९ जेठ ।  विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ ।

बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल (एसक्यूसीसी) सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई विद्यालयले मंगलबार सम्मान गरेको हो । विद्यालयले जेनी मानन्धर, सुमन श्रेष्ठ, सर्सिज श्रेष्ठ, अन्सु श्रेष्ठ, लसता मानन्धर, जिज्ञासा श्रेष्ठ र स्वन्ती श्रेष्ठलाई सम्मान गरेको छ ।

गत वैशाख २० देखि २३ गतेसम्म ढाकामा भएको सम्मेलनमा भारत, पाकिस्तान, अमेरिका, दक्षिण अफ्रिका, बेलायत, श्रीलंकालगायत नौ देशका २० भन्दा बढी स्कूलको सहभागिता रहेको थियो । सम्मेलनमा सहभागी नवरत्नका विद्यार्थीले तीन फरक विधामा उत्कृष्ट अवार्ड हात पारेका थिए ।

“पाँच फरक विधामध्ये कोलाज, क्विज कन्टेष्ट तथा केस स्टडी एण्ड प्रेजेन्टेसनमा उत्कृष्ट भएर नेपाल फर्किएपछि विद्यालयले विद्यार्थीलाई सम्मान गरेको स्कूलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले बताउनुभयो । नवरत्न स्कूलबाट नौ जनाको टोलीलाई नेतृत्व गर्दै बंगलादेश पुगेका श्रेष्ठ आफ्ना विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएकोमा उत्साहित हुनुहुन्छ ।

कार्यक्रममा टिन एम्बासेडर २०१८ सर्सिज श्रेष्ठ, नइ देरुनिख बाल पुरस्कार विजेता स्वन्ती श्रेष्ठ तथा नइ कोपिला पुरस्कार विजेता सगुन श्रेष्ठलाई प्रदेश ३ का प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठले सम्मान गर्नुभएको हो ।

ढाकामा सम्पन्न सम्मेलनमा सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यू इंग्लिस स्कूलका विद्यार्थीले फरक तीन विधामा उत्कृष्ट अवार्ड हात पारेर शिक्षामा नेपाल विश्वमै प्रतिस्पर्धामा सफल रहेको पहिचान दिएको छ ।

माउण्ड भ्यूका विद्यार्थीमध्ये इशान महर्जन, आयुश बरुवाल, सञ्चन लिम्बू, सगुन श्रेष्ठ, रेश्मा कोइरालाको समूह, अग्र्या खड्का, बाला खड्का, अनन्या पौडेल, दृष्टि सिंह, किरण घले र उदय पौडेलको समूह र आयुश बरुवाल तथा रेश्मा कोइरालाको समूहले क्रमशः होमवर्क कपी, केस स्टडी र वादविवादमा सहभागी अन्य देशका विद्यार्थीलाई पछाडि पार्दै उत्कृष्ट अवार्ड हात पारेको विद्यालयका प्रिन्सिपल राजकुमार महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Judge Vacates Trump Policy Suspending Visas From 75 Countries

National Park Repairs Delayed as Trump’s Independence Day Projects Take Priority

West Bank Sees Surge in Violence as Settler Attacks and Military Raids Injure Dozens

Uber Fined €825 Million by Dutch Regulator Over Automated Driver Suspensions

Massive Blue Marlin, Weighing Over 1,200 Pounds, Landed Off Massachusetts Coast

Canada-US Trade War Escalates as Alliance Fractures

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu