ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेठ महिनाभरि गोसाइकुण्डमा मेला


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   ११ : ४९   बजे

 

रसुवा, ९ जेठ । पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन दिन प्रतिदिन बढ्दै गएको छ ।

स्थानीय पुरोहित टंकप्रसाद ढकालका अनुसार १० दिनसम्म चल्ने गंगा दशहरा पर्व बिहीबार सम्पन्न भएपनि पुरुषोत्तम महिना भएका कारण गोसाइँकुण्ड स्नानका लागि भक्तजन जेठ महिनाभर नै ओहोरदोहोर भइरहनेछन् ।

पुरुषोत्तम महिनामा तीर्थश्राद्ध गर्न नहुने र स्नान र पूजापाठ गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, शरीरमा भएका रोगब्याध हट्दै जाने, परिवारजनमा सुख शान्ति मिल्ने र धनधान्य हुने धार्मिक विश्वास रहिआएको बताइएको छ ।

यही जेठ २ गतेबाट गंगा दशहारा पर्व शुरु भएता पनि फाटफुट मात्र भक्तजन गोसाइँकुण्ड गइरहेको र पुरुषोत्तम महिना परेका कारण बढ्नसक्ने यात्रुको चापलाई मध्यनजर राखी सुरक्षा गस्ती बढाइएको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार रसुवा पुग्ने यात्रु वा जोसुकै व्यक्तिले पनि आफू सुरक्षित भएको महसुस गरी घुमफिर र तीर्थयात्रा गर्नसक्ने गरी सुरक्षा व्यवस्था मजबुत गरिएको छ ।

गंगा दशहराको शुभारम्भदेखि नै दैनिकरुपमा १५ देखि २० जना भक्तजन ओहोरदोहोर भइरहेको र बढ्न सक्ने यात्रुको चापलाई मध्यनजर राखी धार्मिक मार्गका सबै होटल व्यवसायीले यथेष्टरुपमा खाद्यान्न भण्डार गरिसकेको चन्दनबारीका होटल व्यवसायीले बताएका छन् ।

यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणले चिकित्सकसहितको स्वास्थ्य शिविर चन्दनबारीमा सञ्चालन गरिरहेको उक्त गणले जनाएको छ ।

भूकम्पपछिको अवस्था हेर्दा पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि बाह्रै महिना प्रायः युवा भक्तजन बढी मात्रामा ओहोरदोहोर भइरहेको र अहिलेको समय पुरुषोत्तम महिना परेकाले जेठ महिनाभरमा आउने भक्तजनको संख्या पाँच हजार नाघ्न सक्ने अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Transforms White House Rose Garden With Statues Of Founding Fathers

US and Canada Escalate Trade War With New Tariffs After Talks Fail

Pentagon Fires Stars and Stripes Leaders Amid Dispute Over Editorial Independence

Judge Vacates Trump Policy Suspending Visas From 75 Countries

National Park Repairs Delayed as Trump’s Independence Day Projects Take Priority

West Bank Sees Surge in Violence as Settler Attacks and Military Raids Injure Dozens

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu