ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान


एबीसी न्यूज
९ जेष्ठ २०७५, बुधबार   १२ : ३५   बजे

 पाल्पा, ९ जेठ।  रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ ।

यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ ।

कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमबहादुर रामजाली, टेकबहादुर रामजाली, गमबहादुर रामजाली, पूर्णबहादुर रामजाली र रुपबहादुर रामजालीसहित रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिष्टे«शन पास गरी दिनुभएको छ ।

त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरको छोरा खेमबहादुर ठाडा र बुहारी भुवानीसरा ठाडामगरले रु १५ लाख मूल्य बराबरको एक रोपनी १० आना जग्गादान गरी स्वास्थ्य चौकीको नाममा पास गर्नुभएको खालीवन स्वास्थ्य चौकीका प्रमुख सुभाष अधिकारीले जानकारी दिनुभएको छ ।

मानव जीवनका लागि स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग वास्तविक मानव सेवा हुने भन्दै दुवै परिवारले अमूल्य जग्गादान गरी रजिष्टे«शन पास गरी दिनुभएकोमा स्वास्थ्य चौकीको लागि गर्नुभएको सहयोगलाई सही सदुपयोग गर्ने बताउँदै दानदातालाई प्रमुख अधिकारीले धन्यवाद दिनुभएको छ ।

आगलागी पीडितलाई राहत वितरण

यसैबीच, आगलागीबाट क्षति भोगेका रामपुरका पीडितलाई राहत वितरण गरिएको छ । वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत रामपुर नगरपालिका, पाल्पाले आगलागीबाट क्षति भोगेका सातजनालाई राहत रकम प्रदान गरेको हो ।

रामपुर नगरपालिका–१ बस्ने हीराबहादुर खाँणलाई घरगोठ जलेर क्षति भएबापत रु ३० हजार, वडा नं ५ बस्ने खगनाथ अधिकारीको परालको टौवा जलेर नष्ट भएबापत राहतस्वरुप रु पाँच हजार, वडा नं ६ बस्ने गोमता गौतमको घर र परालको टौवा जलेर नष्ट भएपछि रु १० हजार, वडा नं ९ बस्ने लिमप्रसाद श्रेष्ठको गोठसहित गोठमा रहेका भैँसी, गोरु, पाडा जलेर नष्ट भएको क्षतिपूर्तिबापत रु २५ हजार, वडा नं १० बस्ने खुमबहादुर थापाको गोठ जलेर नष्ट हुँदा रु १० हजार, सोही ठाउँकै वीरबहादुर कुँवर बिटालुको गोठसहित गोठमा रहेका गोरु, परालको टौवा जलेर नष्ट हुँदा क्षतिबापत रु १५ हजार राहत रकम वितरण गरिएको समितिका संयोजक तथा वडा नं २ का वडाध्यक्ष ताराबहादुर थापाले बताउनुभयो ।

त्यस्तै, वडा नं ७ को ठाडी उकाली सूर्यवास सामुदायिक वन क्षेत्रबाट मलेङ गाउँमा ल्याइएको खानेपानीको पाइप जलेर नष्ट हुँदा खानेपानी पाइप खरिदका लागि रु २० हजार रकम गरी जम्मा रु एक लाख १५ हजार बराबरको राहत रकम प्रदान गरिएको समितिका सदस्य सीमादेवी रानाले बताउनुभयो ।

भैपरी हुने घटनाबाट आपतविपत परेका बेला धेरै थोरै भएपनि पीडितलाई सहयोग पुगोस् भन्ने भन्ने उद्देश्यले राहत रकम वितरण गरिएको हो । वातावरण तथा विपद् व्यवस्थापन समितिको अनुगमनमा प्रहरी मुचुल्का अनुसार पीडितलाई राहत रकम उपलब्ध गराइएको नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । क्षतिको विवरण हेरेर धेरैथोरै राहत रकम वितरण भएकोमा खुशी लागेको स्थानीयबासी सूर्यप्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Trump Transforms White House Rose Garden With Statues Of Founding Fathers

US and Canada Escalate Trade War With New Tariffs After Talks Fail

Pentagon Fires Stars and Stripes Leaders Amid Dispute Over Editorial Independence

Judge Vacates Trump Policy Suspending Visas From 75 Countries

National Park Repairs Delayed as Trump’s Independence Day Projects Take Priority

West Bank Sees Surge in Violence as Settler Attacks and Military Raids Injure Dozens

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu