ताप्लेजुङ ९ जेठ । छिमेकीको बञ्चरो प्रहारबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेका डम्बर लिम्बुले बञ्चरो प्रहार गर्दा छिमेकी ३५ वर्षीय किशोर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बञ्चरो प्रहारबाट घाइते भएका किशोरलाई सोमबार साँझ नै जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइए पनि यहाँ उपचार सम्भव नभए पछि अन्यत्रै ‘रेफर’ गरिएको थियो । नोबेल अस्पताल विराटनगरमा उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो । बञ्चरो प्रहार गर्ने छिमेकीको हत्या गर्ने डम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्