ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाग्लुङको दुर्गम दुई गाउँमा पुग्यो टेलिकम


admin
९ जेष्ठ २०७५, बुधबार   ३ : १३   बजे

बागलुङ, ९ जेठ।  जिल्लाका दुई दुर्गम गाउँमा पहिलोपटक मोबाइल सेवा पुगेको छ ।

गलकोट नगरपालिका–१० को रमुवा र बडीगाड गाउँपालिका–८ खोलाखर्कमा नेपाल टेलिकमले सेवा विस्तार गरेको हो । सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित ती दुवै ठाउँमा यसअघि कुनै पनि कम्पनीको ‘जिएसएम’ मोबाइल सेवा पुग्न सकेको थिएन ।

रमुवाका डेढ सय र खोलाखर्कका करीब चार सय घरधुरी मोबाइल सेवाबाट लाभान्वित भएको नेपाल टेलिकम बागलुङ कार्यालयले जनाएको छ । रमुवाको उपल्लो खोरिया र खोलाखर्कको बतासेडाँडामा टावर राखी मंगलबारदेखि सेवा शुरु गरिएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले बताउनुभयो ।

“जिल्लामै बढी दुर्गम मानिने ठाउँमा सेवा पुगेको छ,” उहाँले भन्नुभयो, “अन्यत्र पनि सेवा विस्तारको काम अघि बढेको छ ।” मोबाइल सेवा पुगेसँगै ग्राहकले तत्काल इन्टरनेटको लागि ‘टुजी’ सेवा लिन सक्नेछन् । पछि तीव्र गतिको सेवाका लागि ‘थ्रिजी’ प्रविधि दिने योजना टेलिकमले बनाएको छ ।

‘जिएसएम’ मोबाइल सेवा पुगेपछि दुर्गमका ग्राहकले पनि ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा लिन पाउने भएका छन् । “विकट भूगोल भए पनि हामी हाम्रो जिम्मेबारीमा दृढ छौँ,” प्रमुख इन्जिनियर शर्माले भन्नुभयो, “जिल्लाका प्रत्येक गाउँबस्तीमा सेवा पु¥याउँदैछौँ ।” उहाँका अनुसार तत्काल सेवा दिने गरी गलकोट नगरपालिकाकै काँडेबासमा टावर निर्माणको काम अघि बढेको छ ।

यस्तै, बागलुङबाहेक म्याग्दी, पर्वत र मुस्ताङमा पनि सेवा विस्तारको काम धमाधम भइरहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा पनि केही दिनमै मोबाइल सेवा शुरु हुने कार्यालयका इन्जिनियर अमृत नेपालले बताउनुभयो । मुनापछि म्याग्दीकै ज्यामरुककोटमा टावर निर्माण अघि बढाइनेछ । “धवलागिरि क्षेत्रका चारै जिल्लामा मोबाइलको पहुँच पु¥याउने लक्ष्य छ,” उहाँले भन्नुभयो ।

कार्यालयले यसअघि उपल्लो मुस्ताङ, बागलुङकै ढोरपाटन लगायतका कैयौँ दुर्गम ठाउँमा सेवा विस्तार गरिसकेको छ । धवलागिरिमा हाल रहेका ‘जिएसएम बिटिएस’ टावरलाई बढाएर १२० पु¥याउने योजना टेलिकमको छ । यही वर्ष थप हुने टावरको पूर्ण क्षमताले धवलागिरिका सबै गाउँबस्तीमा मोबाइल सेवा पुग्ने जनाइएको छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकताका साथ काम भइरहेको छ ।

सेवा विस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा पनि टेलिकम लागिपरेको छ । मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा दिन नयाँ प्रविधि जडान गर्ने काम भइरहेकोछ । सेवा मात्र नथपेर गुणस्तरलाई समेत विशेष ध्यान दिइएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो । मोबाइल सेवा पुगेका अधिकांश ठाउँका ग्राहकले अत्याधुनिक प्रविधिको ‘थ्रिजी’ सेवासमेत प्रयोग गर्न पाएका छन् । टेलिकमले धवलागिरि क्षेत्रका ७३ ठाउँबाट ‘थ्रिजी’ सेवा दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu