काठमाडौं, ९ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि बुधबार दिल्ली लगिएको छ ।
उनको शरीरको कुन भागबाट आन्तरिक रक्तश्राप भइरहेको छ भन्ने पहिचान गर्न उनलाई दिल्लीको मेदान्त अस्पतालमा लगिएको हो।
निन्द्रा नलाग्ने, कमजोरी महशुस हुने जस्ता समस्या झेलिरहेका राष्ट्रकवि घिमिरेलाई १३ दिन उपचार गराइरहेको धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालबाट चिकित्सकको टोली र आफन्त सहित दिल्ली लगिएको हो ।
कवि घिमिरे करीब चार महिनादेखि अस्वस्थ थिए ।
प्रतिक्रिया दिनुहोस्