काठमाडौं, ९ जेठ । जथाभावी पार्किङ गर्नेलार्इ खवरदारी गर्ने नयाँ तरिका सार्वजनिक भएको छ । सरकारी गाडी नै सार्वसारधाण हिड्ने पेटी र सडकको छेउछेउमा रोकिएपछि स्थानीयले विरोधको अनौठो शैली अपनाएका छन् ।
बानेश्वरको अल्फा बिटा क्षेत्रमा पेटीहरु खन्ने काम चलिरहेकाले पैदलयात्रुहरु सडकको छेउछेउ च्यापेर हिड्नु पर्ने बाध्यता छ । तर, त्यही ठाउँमा सरकारी गाडी पार्किङ गरेपछि पैदलयात्री र स्थानीयले शालिन तर, सशक्त विरोध गरेका छन् ।
उनीहरुले जथाभावी रोकिएको गाडीमा ‘दिमाग नभएको सरकारी कर्मचारीको गाडी’ लेखिएको पोष्टर टाँसेर विरोध गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्