काठमाडौं, १० जेठ । चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपित शैलेश कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको जनाइएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको एकल इजालसले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।
कार्कीलाई घटनामा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेल अझै फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्